Skip to main content

Khabar Samachar

Search
Close this search box.

सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत

204
VIEWS

सेनेगललाई २–० गोलको नतिजामा पराजित गर्दै कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ ।

अल थुमामा स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभि क्लासेनलले गोल गरे ।

गोल गर्ने केहि अवसर पाए पनि फिनिसिङमा चुक्दा दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।

खेलको ८४औँ मिनेटमा नेदरल्यान्ड्सका मिडफिल्डर गाक्पोले अफ्रिकन च्याम्पियनविरुद्ध उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

फ्रान्क डि योङले दिएको क्रसमा बक्सभित्र अनमार्क रहेका गाक्पोले हेडरमार्फत सुन्दर गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

इन्जुरी समयमा क्लासेनलले गोल गर्दै नेदरल्यान्ड्सको जित २–० ले सुनिश्चित गरे ।

जितसँगै सन् २०१०को उपविजेता नेदरल्यान्ड्स तीन अंक जोडेको छ । शुक्रवार हुने इक्वेडरविरुद्धको खेलमा जित हासिल गरे एक खेल अगावै नेदरल्यान्ड नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित सेनेगलले शुक्रवार आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए अन्तर्गत आइतबार सम्पन्न उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलको नतिजामा पराजित गरेको इक्वेडरको पनि तीन अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित