Skip to main content

Khabar Samachar

Search
Close this search box.

अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा बिदाको घोषणा

203
VIEWS

फिफा विश्वकपको खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो ।

फिफा विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । खेलको १० औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो गोल गरे तर रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए ।

तर साउदी अरेबियाले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरे । साउदीका लागि सालेह अलसेहरीले गोल गरे । ५३ औं मिनेटमा सलेम एल्डसारीले दोस्रो गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित