Khabar Samachar

Search
Close this search box.

अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा बिदाको घोषणा

201
VIEWS

फिफा विश्वकपको खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो ।

फिफा विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । खेलको १० औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो गोल गरे तर रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए ।

तर साउदी अरेबियाले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरे । साउदीका लागि सालेह अलसेहरीले गोल गरे । ५३ औं मिनेटमा सलेम एल्डसारीले दोस्रो गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित