Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री देउवाको शनिबार भारतिय समकक्षी मोदीसँग भेटवार्ता

207
VIEWS

परराष्ट्र मन्त्रालयले आज गरेको सार्वजनिक तालिका अनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा देउवा शुक्रबार भारत प्रस्थान गर्नेछन् । देउवाको साथमा उनकी पत्नी आरजू राणा, पराराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली भारत जानेछ ।

भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित