Khabar Samachar

जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेस

218
VIEWS

जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो ।

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको सुरुवातमै गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित