Khabar Samachar

Search
Close this search box.

यौन व्यवसायमा लगाएको आरोपमा दुई जना पक्राउ

204
VIEWS

काठमाडौंमा नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले खाजा घरका दुई जना सञ्चालकलाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा दार्चुला घर भई काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योती मार्गमा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाही घर भई सोही ठाउँमा बस्ने ३७ वर्षीया कान्छीमाया घिसिङ छन्।

उनीहरूले टोखामा सुर्खेत खाजाघर सञ्चालन गर्दै आएका थिए।

नाबालिकाहरूलाई सुरूमा उनीहरूले वेटरको काम लगाउने भन्दै जागिरमा लगाएको एसपी मिश्रले बताए।

यसरी जागिरमा लगाइसकेपछि विभिन्न किसिमको डर र प्रलोभन समेतमा पारी यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानबाट खुलेको हो। सञ्चालकले ग्राहकबाट ५ हजार देखि ८ हजारसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ।

यौन व्यवसायमा लगाएको भन्ने सूचना पाएपछि ब्युरोको टोली मंगलबार उक्त ठाउँमा पुगेको थियो। त्यहाँ एक जना नाबालिका फेला परेकी थिइन्।

ती नाबालिकालाई गत वर्ष कात्तिक महिनादेखि काममा लगाउने भन्दै जबरजस्ती यौन व्यवसायमा लगाएको खुलेको एसपी मिश्रले बताए।

प्रहरीले तत्कालै ती नाबालिकाको उद्धार गरेको थियो। त्यसलगत्तै प्रहरीले दुबै सञ्चालकलाई पक्राउ गरेको हो।

पीडितको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित