राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका छन । सामाजिक सन्जालमा फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध जाल बुन्नेहरूको नाम चाँडै सार्वजनिक गर्ने दाबी गरेका हुन्।
उनले लेखेका छन्, ‘म सम्मानित अदालतको कानुन र आदेशलाई सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु।’
यसअघि बुधबारै उनले आफू षड्यन्त्रको सिकार भएको र सबै कुरा भगवान्को हातमा रहेको भावुक स्टाटस लेखेका थिए।
Discussion about this post