Khabar Samachar

कलाकार पवन खतिवडा प्रहरीको नियन्त्रणमा

235
VIEWS

मादक पदार्थ पिएर झगडा गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ मोरङको बेलबारीबाट पक्राउ परेका छन्।

बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए।

मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले बताए।

पीडित पक्ष इलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने उनले बताए। पीडितलाई उपचारका लागि अस्पताल लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित