Khabar Samachar

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी

218
VIEWS

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत् भण्डारीलाई एयर एम्बुलेन्समा लैजान लागिएको हो । अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा एयर एम्बुलेन्समा लैजान सम्पूर्ण तयारी पूरा भएको छ । उनलाई अस्पतालबाट विमानस्थलतर्फ लैजान लागिएको छ ।स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेटमा उपचारको क्रममा निधन भएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता, शुभेच्छुकलगायत अस्पताल पुगेका छन् । उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग भण्डारीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित