Khabar Samachar

कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने दलहरूको सहमति

204
VIEWS

बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । ‘राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ,’ स्रोतले भन्यो ।

नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।

ज्वालाले उपराष्ट्रपतिको उम्मेदवारबारे कुनै कुरा नभएको बताए। उनले दलहरुले आ–आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको बताए।नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताए । व्यक्तिका सन्दर्भमा कांग्रेसले आफैं निर्णय लिने उनको भनाइ थियो ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि भोलि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित