Khabar Samachar

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

218
VIEWS

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।

गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन्। यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो।

सीले आफ्ना लागि उक्त संवैधानिक व्यवस्था नै हटाएका थिए।

६९ वर्षीय सी फेरि राष्ट्रपति बन्छन् भन्ने कुरा गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै टुंगो भएको थियो। त्यतिबेला उनी तेस्रो कार्यकालका लागि महासचिव चुनिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित