Khabar Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै

202
VIEWS

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ।

पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन्।उनको बूढानीलकण्ठमा निजी निवास छ। जुन घर २०७२ अघि नै बनाइएको थियो। जसलाई केही समय पहिलेदेखि मर्मत सम्भारको काम भइरहेको छ। भवन बाहिर सुरक्षा सेन्ट्री पोस्ट र भवनको पछाडी सुरक्षाकर्मीका लागि ब्यारेक निर्माणको काम भइरहेको थियो।

उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित