Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति पौडेलसँगै जेल बसेकालाई शपथ ग्रहणमा निम्तो

210
VIEWS

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिहरुलाई शपथ ग्रहण समारोहमा बोलाएका छन्।

उनले पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिहरुलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो १ बजे हुन गइरहेको शपथ ग्रहण समारोहमा अतिथिका रुपमा बोलाएका हुन्।

इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन् ।

सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए । बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं बोलाएको उनको सचिवालयले जनाएको छ ।यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले आज दिउँसो एक बजे शीतल निवासमा शपथग्रहण गर्दैछन् । शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित