Khabar Samachar

Search
Close this search box.

आज स्ववियु निर्वाचन– ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन

201
VIEWS

आज देशभर त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा हुँदैछ ।त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव हुने भएको छ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने हुन्छ।

त्रिविअन्तर्गत स्ववियु निर्वाचन तथा अनुगमन समिति सदस्य सचिव पशुपति अधिकारीका अनुसार सर्वसम्मत नेतृत्व चयन भएका क्याम्पसमा आज मतदान हुँदैछ।

देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखरा, वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पस, काठमाडौंका रत्न राज्य, त्रिचन्द्र, पाटन संयुक्त लगायतका क्याम्पसमा चुनाव हुन सकेको छैन ।

एमालेनिकट अनेरास्ववियुले सत्ता गठबन्धनमा आबद्ध विद्यार्थीहरूले चुनाव हार्ने भएपछि तालाबन्दी गरेको आरोप लगाएको छ । सत्तापक्षले भने एमाले अखिलले फर्जी भर्ना गरेको आरोप लगाएका छन् ।

केन्द्रीय क्याम्पस कीर्तिपुर, अमृत साइन्स, नेपाल ल, नेपाल कमर्स क्याम्पस, शंकरदेव, पद्मकन्या, सरस्वतीलगायत काठमाडौंका क्याम्पसहरूमा आज निर्वाचन हुँदैछ । अधिकांश क्याम्पसमा सत्ता गठबन्धनमा आबद्ध नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र नेकपा एस आबद्ध अनेरास्ववियूको गठबन्धन र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा छ ।

केन्द्रीय क्याम्पस,पुल्चोक इन्जिनियरिङ क्याम्पसलगायत चारवटा क्याम्पसमा यसपटक विद्युतीय मतदान हुने त्रिविले जनाएको छ । मतदान शान्तिपूर्ण गराउन प्रहरी परिचालन गरिएको छ । मतदान सकिए लगत्तै गणना थालिने भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई विगतमा राजनीतिक दलहरूको शक्ति मापन गर्ने मिनी आम निर्वाचनका रूपमा लिइन्थ्यो । तर पछिल्लो समय भने विद्यार्थीको अनिच्छा, प्रमाणपत्र तह फेजआउट र निर्वाचन नै नहुने गरेका कारण स्ववियुको आकर्षण कम हुँदै गएको छ ।

स्ववियु निर्वाचन विगतमा प्रत्यक्ष हुने गरेकोमा पछिल्लो समय भने समानुपातिक निर्वाचनबाट भइरहेको छ । स्ववियु अध्यक्ष,सचिव र कोषाध्यक्षसहित आधा सदस्य प्रत्यक्ष निर्वाचित र उपाध्यक्ष, सहसचिवसहित आधा सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

२ आंगिक क्याम्पससहित केही सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी संगठनहरूको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएका थिए।

काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्। उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित