Khabar Samachar

नेपाल ल क्याम्पसमा अखिल क्रान्तिकारीको जित

205
VIEWS

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत नेपाल ल क्याम्पसको सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्।

अखिल (क्रान्तिकारी)ले ल क्याम्पसको स्ववियुमा ३३ वर्षपछि जित निकालेको हो।

ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ। यस्तै सचिवमा नेविसंघका मनोज सिंह(६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ(४२३) विजयी भएका छन्।

७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ। अनेरास्ववियुका समिर  रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्।

यस्तै नेविसंघबाट अमृत ढकाल र सपना गौतम सदस्यमा विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित