Khabar Samachar

मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार

202
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।

प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।

आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

चैत ४ गतेयता ओखलढुंगा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका– २ मा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा सिद्धिचरण नगरपालिका ११ मिलन चोकमा भेला भएका प्रदर्शनकारीले सवारी रोकेर तोडफोडको प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।

मुख्यमन्त्रीको सवारीमा कुनै क्षति नभएको बताउँदै उनले आन्दोलनकारीलाई प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको बताए । ‘मुख्यमन्त्रीको सवारीका क्रममा आन्दोलनकारीले गाडी अगाडि आएर रोक्न खोजे, हामीले हटायौं,’ उनले भने, ‘सवारी साधनमा क्षति भएको छैन ।’

उनलाई प्रहरीले कडा सुरक्षासहितको अहिले कार्यक्रमस्थलमा लगेकाे छ।

फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरु संयुक्त संघर्षमा छन्। उनीहरुले प्रदेशकाे नामाकरण पुनः राख्न माग राख्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित