Khabar Samachar

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

203
VIEWS

नेकपा एकीकृत समाजवादी पार्टीले सम्भावित सत्ता साझेदारी अघि बढाउन अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा कार्यदल बनाएको छ।पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।नेता खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताए। उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको जानकारी दिए।

‘सम्भावित सत्ता साझेदारीलाई अघि बढाउन विभिन्न विषयमा विभिन्न पक्षसँग छलफल गर्न कार्यदल बनाएका छौँ’, खतिवडाले भने, ‘केन्द्रदेखि प्रादेशिक सरकारसम्म पनि छलफल गरे निर्णयमा पुग्न यस्तो निर्णय लिइएको हो। कार्यदलले आफ्नो प्रस्ताव तयार गरी केन्द्रीय सचिवालयमा ल्याउनेछ।’

आजको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित