Skip to main content

Khabar Samachar

Search
Close this search box.

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

230
VIEWS

भारतको एउटा अदालतले कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।

लगत्तै उनलाई अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि जारी गरेको छ । र अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।

सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित