Khabar Samachar

बारा दुई मा टुरिस्ट उम्मेदवारको गुन्जायस छैन – सीके राउत

203
VIEWS

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध आफ्ना उम्मेदवार खडा गर्ने प्रष्ट पारेका छन् । पार्टी प्रवेश कार्यक्रममा आएका राउतले सो क्षेत्रमा जनतमले उम्मेदवार उठाउने र जित्ने दाबी गरेका हुन् ।

यसैबीच उनले महागढीमाईको दर्शन गर्दै मिसन बारा-२ को आरम्भसमेत गरेका छन् । उपेन्द्र यादवप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको समेत बताएका छन् ।

राउतले भनेका छन्, ‘माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन । यहाँ हरेक हालतमा जनमत पार्टी हौरन छाप नै वीजयी हुनेछ ।’

बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित