Khabar Samachar

रास्वपाले चितवन २ सहित तीनै क्षेत्रमा एक्लै चुनाव लड्ने

205
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

गत पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनमा जोडिएको रास्वपा त्यसपछि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसको पक्षमा उभिएको थियो।

त्यसपछि चैत ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा उसले जनमत पार्टीकी ममता झालाई सघाएको थियो।

एमाले या सत्तारुढ गठबन्धन दलसँग गठबन्धन गरेर रास्वपाले उपनिर्वाचन लड्ने चर्चा भइरहेका बेला चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा एक्लै उम्मेदवारी दिने निर्णय भएको हो।

 

‘हामीले चितवन २ सहितका तीनै क्षेत्रमा एक्लै चुनावी मैदानमा जाने निर्णय गरेका छौँ’, रास्वपा उपसभापति एवम् संसदीय दलका नेता डोरप्रसाद अर्यालले भने, ‘हामी कहिले पनि कुनै निर्वाचनमा कोहीसँग तालमेल गर्दैनौँ, यो हाम्रो घोषित नीति नै हो।’

अर्यालले उपनिर्वाचनका लागि दल दर्ता र उम्मेदवार छनोट अघि बढाउने काम पनि थाल्ने निर्णय भएको बताएका छन्।

यो बैठकबाट तनहुँमा सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्की नेतृत्वको निर्वाचन परिचालन कमिटी खटाउने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित