Khabar Samachar

धरौटी तिरेर छुटे प्रधानमन्त्रीविरुद्ध नारा लगाउने तीन युवा

202
VIEWS

गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनै युवा जनही ५ हजार धरौटी बुझाएर छुटेका छन्। प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।

प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का आइतवार जेल चलान भएका थिए। तर उनीहरु मंगलबार प्रशासनमा जनही ५/५ हजार धरौटी बुझाएर डिल्ली बजार जेलबाट रिहा भएका हुन्

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रशासन कार्यालयले मागेको जनही ५ हजार धरौटी तिरेपछि उनीहरु रिहा भएका हुन्। यसअघि धरौटी तिर्न अस्वीकार गरेपछि तीनैजनालाई आइतवार नै डिल्ली बजार चलान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित