Khabar Samachar

मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै

202
VIEWS

मन्त्रालयहरुको भागबण्डा टुंग्याउन सत्तारुढ गठबन्धनका दलहरुबीच आज (बुधबार) पनि छलफल हुँदैछ। मंगलबार बसेको बैठकमा मन्त्रालय भागबण्डाबारे सामान्य छलफल भए पनि सहमति नभएकाले बुधबार फेरि बैठक बस्न लागेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठक बुधबार बिहान ९ बजेतिर, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ। मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए।

मंगलबारको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको र बुधबारको बैठकबाट अन्तिम रुप दिने भन्ने समझदारी बनेको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए।

मंगलबारको बैठकमा मन्त्रालयहरुको भागबण्डाबारे सामान्य छलफल भए पनि दलहरुको आ–आफ्नै ‘दाबी’का कारण सहमति हुन सकेन।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी २–२, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई १–१ तथा स्वतन्त्र सांसदलाई १ मन्त्रालय दिने प्रस्ताव गरेका छन्। प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल नभइ दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका नेताहरुले जनाएका छन्। स्रोतका अनुसार मंगलबारको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले ३–३ र लोसपाले २ मन्त्रालयमा दाबी गरेका छन्। मंगलबार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित