Khabar Samachar

मिटरब्याजीहरूलाई राजनीतिक दलले संरक्षण गर्नुहुँदैन : डा. विमला राई पौड्याल

201
VIEWS

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरूलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरूलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरूले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी हुन् । उनले मिटरब्याजीहरूलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन् ।

उनले दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन् । त्यसैगरी उनले मिटरब्याज पीडितहरूलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

मिटरब्याज गैरकानुनी भएको भन्दै त्यसका विषयमा जनचेतना जगाउनुपर्ने डा. पौड्यालकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित