चितवन क्षेत्र नं २ बाट एमाले जिल्ला अध्यक्षमा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्।
एमाले जिल्ला कमिटीले न्यौपानेको नाम एकल सिफारिस गरेको हो।
मंसिरमा सम्पन्न निर्वाचनमा उनी चितवन क्षेत्र नं ३ को उम्मेदवार बनेका थिए। तर एमालेले स्वतन्त्र उमेदवार दिनेश कोइरालालाई समर्थन गर्दै उनको उम्मेदवारी फिर्ता लिएको थियो।
चितवन क्षेत्र नं २ बाट भने एमाले कृष्णभक्त पोखरेल उम्मेदवार बनेका थिए।
Discussion about this post