Khabar Samachar

बारा २ मा राजेन्द्र महतो ले उपेन्द्र यादवलाई सघाउने

203
VIEWS

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न तयार उनले आइतवार आफू त्यो निर्णयबाट पछि हटेको बताएका हुन्।

९ दलीय सत्ता गठबन्धनकोतर्फबाट यादवलाई सघाउने निर्णय गरिसकेको बताउँदै त्यहीअनुसार आफू बारा २ मा प्रतिस्पर्धा गर्न नजाने निर्णय लिएका हुन्।

‘हाम्रो पाँच दलीय गठबन्धन छ। त्यहाँ उपेन्द्रजीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको अवस्थामा गठबन्धनभित्रैबाट अर्को उम्मेदवारी दिनु न्यायसंगत हुँदैन’, महतोले नेपालखबरसँग भने, ‘कि पार्टीबाट विद्रोह गर्नुपर्यो, नभए पार्टीले समेत सहमति गरेको गठबन्धनको निर्णय मान्नुपर्यो। त्यही भएर मैले उपेन्द्रजीलाई समर्थन गर्ने गरी उम्मेदवारी नदिने निर्णय लिएको हुँ।’

बारा २ मा गठबन्धनबाटै जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उठाउने निर्णय गरेको छ। तर जनमतले संघीय सरकार छाड्दै गठबन्धनमा नरहने संकेत दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित