Khabar Samachar

चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता, १२ जना स्वतन्त्र उम्मेदवार

206
VIEWS

आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् ।

अहिले आयोगले उम्मेदवारहरुको उम्मेदवारी दर्ता कानुनसम्वत भए नभएको हेरिरहेको आचार्यले जानकारी दिए ।

चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोध माथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आचार्यले बताए ।

चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमा भन्दा ४८० जना नयाँ मतदाता थपिएका छन्।

मतदानका लागि ४३ मतदाान स्थलमा १३८ मतदान केन्द्र तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित