Khabar Samachar

गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान

201
VIEWS

वैशाख १० मा हुने तीन क्षेत्रको उपनिर्वाचनमा सत्ता गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराउन र निर्वाचन परिणाममुखी गठबन्धन दलका नेता कार्यकर्ता एकीकृत रूपमा परिचालन हुन पाँच पार्टीले आह्वान गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आहन गरेका हुन् ।

‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था-संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धन दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

सत्ता गठबन्धनले उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएको छ।

‘उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा, गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक छ,’ वक्तव्यमा भनिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित