Khabar Samachar

Search
Close this search box.

रोकिएका क्याम्पसमा स्ववियु चुनाव गराउन सत्तानिकट विद्यार्थी संगठनको माग

228
VIEWS

सत्तारूढ दलका विद्यार्थी सङ्गठनहरूले बाँकी क्याम्पसहरूमा एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरू संयुक्त विज्ञप्ति जारी गर्दै बाँकी कलेजहरूमा एउटै मितिमा निर्वाचन गर्न माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गते घोषणा गरेको स्ववियु निर्वाचन अवैधानिक भर्ना, क्याम्पस प्रशासनको चरम लापरबाही र मनोमानी ढङ्गबाट चालिएका नियोजित कदमहरूका कारण केही क्याम्पसहरूमा निर्वाचन सम्पन्न हुन नसकेको प्रति उनीहरूले आपत्ति जनाए ।

नेपाली कांग्रेसनिकट नेविसंघका सभापति दुजाङ शेर्पा, माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गरेर ध्यानकर्षण जनाएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा चलिरहेको परिक्षालाई मध्यनजर गर्दै मनोनयन हुन वाकी रहेका त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आगिंक र सम्वन्धनप्राप्त क्याम्पसहरुमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसंग संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दछौं ।’

बिश्वविद्यालय र क्याम्पसहरूलाई कुनै दल विशेषको इशारामा चलाउने, स्वच्छ र मर्यादितरूपमा स्ववियु निर्वाचन नगराई मनोमानी ढंगले दलगत स्वार्थपूर्तिको लागि निर्वाचनलाई प्रयोग गर्ने गैरजिम्मेवार र अवैधानिक हर्कतको घोर निन्दा गर्दै निष्पक्ष र धाँदलीरहित वातावरणमा निर्वाचनको सुनिश्चितता गर्न माग समेत गरेका छन् ।

‘सहमति र सर्वदलीय बैठकविना एकलौटी तरिकावाट स्ववियु निर्वाचन विथोल्ने मनसायकासाथ कुनै प्रपञ्च रचिन्छ र विद्यार्थीहरुलाई आफ्ना प्रतिनिधि चुन्ने लोकतान्त्रिक अधिकारबाट वाञ्चत गराइन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुद्धारा लोकतान्त्रिक अधिकार प्राप्तिको लागि श्रृजना गरिने संघर्षबाट उत्पन्न परिस्थितिको सामना स्वयं विश्वविद्यालय र क्याम्पस प्रशासनले गर्नुपर्ने विषय समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित