Khabar Samachar

स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश

208
VIEWS

कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए ।

त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड भन्दै मान्यता दिएन ।

पहिलो खेलमा सर्वियालाई २-० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा एक खेल खेल्न नै बाँकी रहेको ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो । यसअघि साविक विजेता फ्रान्स समूह डी मा लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित