Skip to main content

Khabar Samachar

Search
Close this search box.

रेडक्रसको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय प्रतिनिधिलाई सभामुखको आग्रह

230
VIEWS

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् । विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् । ‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ सभामुख घिमिरेले भने,‘तर आन्तरिक विवाद छिटो भन्दा छिटो समाधान हुन आवश्यक छ ।’

सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरूमा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रियरूपमा नै ख्याति कमाएको संस्था अपारदर्शीताबाट टाढै बस्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उनले जवाफदेहिता र पारदर्शीतामा सम्झौता नहुने प्रष्ट्याइन् ।

सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजीकरण गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित