काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
ह्याम्सका डाक्टरलाई चितवन लिएर जानका लागि त्रिभुवन विमानस्थलबाट हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।
अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि डाइनेस्टीको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको भण्डारीले बताए ।
पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ । सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post