Khabar Samachar

आचारसंहिताप्रति असहमति जनाउँदै एमालेको निर्वाचन आयोगलाई पत्र

220
VIEWS

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।  बिहीबार दिउँसो एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

‘निर्वाचन आयोगले आचारसंहिताका नाममा केही उटपट्याङ कामहरु गरेको छ । त्यसमा हाम्रो पार्टीका केही असहमतिका बुँदाहरु छन् । त्यसबारेमा आयोगलाई ज्ञापनपत्र बुझाउँदैछौ’, उपप्रमुख रिजालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित