Khabar Samachar

चितवन-२ को मतगणना १ बजेबाट सुरू हुने

204
VIEWS

चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।

आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।

उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन। यहाँ नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित