Skip to main content

Khabar Samachar

Search
Close this search box.

‘हामीलाई सक्किने मञ्जुर छैन, हामी सच्चिन्छौँ।’ – जीतनारायण श्रेष्ठ

205
VIEWS

चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन्।

श्रेष्ठले रविलाई बधाई दिँदै भने, ‘हामीलाई सक्किने मञ्जुर छैन, हामी सच्चिन्छौँ।’

मतगणना स्थलमा रविलाई बधाई दिन पुगेका श्रेष्ठले जनताले परिवर्तन चाहेको प्रष्ट भएको बताए।

मंगलबार बिहान जित नजिक पुगिसकेका लामिछानेलाई बधाइ दिँदै श्रेष्ठले जनताले साँच्चिकै परिवर्तन चाहेको पनि स्वीकारेका छन्।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले जित पक्का गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित