Khabar Samachar

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

203
VIEWS

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पाण्डेले बिहीबार नै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी पेस गरेका थिए। धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरूको  हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित