Khabar Samachar

Search
Close this search box.

‘नो अब्जेक्सन लेटर’ का लागि नयाँ निर्देशिका जारी

205
VIEWS

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ।

विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृति पत्र (नो अब्जेक्सन लेटर) सम्बन्धी निर्देशिका गत फागुन १८ मै स्वीकृत भएको थियो भने गत चैत १८ देखि लागु भइसकेको छ।

नयाँ निर्देशिका मन्त्रालयले हालै बेवसाइटमा राखेको छ।

यो निर्देशिकाअनुसार सरकारले विद्यालय तह अध्ययनका लागि भने विद्यार्थीलाई विदेश जान रोकेको छ। तर रोजगारीका सिलसिलामा अभिभावक विदेशमा भए निजका सन्तान विदेशका शैक्षिक संस्थामा पढ्न जानका लागि अनुमति पाउनेछन्।

‘नेपाली नागरिक वैदेशिक रोजगारीमा रहिरहनुपर्ने भए, निजका सन्तानले विदेशकै शिक्षण संस्थामा विद्यालय तहको कक्षामा भर्ना गर्नुपर्ने भए वैदेशिक मुद्राको सटही सुविधा नमाग्ने गरी अध्ययन स्वीकृति माग गरेमा मनासिब लागे मन्त्रालयले स्वीकृति दिनेछ,’ निर्देशिकामा उल्लेख छ।

विद्यार्थीले उच्च शिक्षासँग सम्बन्धित भाषा कोर्स, पूर्वयोग्यता सम्बन्धी कार्यक्रम (प्रिरिक्यूजिट) कोर्स वा सेतु कार्यक्रम (ब्रीज कोर्स), मेडिकल साइन्सेस (एक्जामिनेसन कोर्स एमएलई) वा शैक्षिक संस्थाले तोकिदिएको प्रवेश परीक्षा, अन्य शैक्षिक कार्यक्रम अध्ययन गर्नुपर्ने भएमा सोको व्यवहोरा खुलाई स्वीकृतिका लागि विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्नेछन्।

विद्यालय तह (कक्षा १२) सम्म का विद्यार्थीलाई भने नो अब्जेक्सन लेटर नदिने निर्देशिकाको व्यवस्था छ। तर विदेशी मुलुक र शिक्षण संस्थाबाट सम्बन्धन लिई नेपालमा सञ्चालित विद्यालय शिक्षाको कुनै कक्षामा अध्ययन गर्न चाहनेलाई अनुमति दिन बाधा पर्ने छैन भन्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ।

‘स्वदेश वा विदेशमा गुरूकुल, मदरसा, गुम्बाजस्ता धार्मिक तथा परम्परागत शिक्षा हासिल गरी विदेशमा अतिरिक्त शिक्षा हासिल गर्न जान चाहने व्यक्तिका लागि परामर्श समितिको सिफारिसमा स्वीकृति दिन सकिने’ व्यवस्थासमेत निर्देशिकामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित