Khabar Samachar

Search
Close this search box.

जनप्रशासन क्याम्पसका प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता भएको तथ्य सार्वजनिक

212
VIEWS

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस जनप्रशासन क्याम्पसका प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता भएको तथ्य सार्वजनिक भएको छ।

जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाही र लेखा सहायक सबिना श्रेष्ठको मिलेमतोमा कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटीको रकम हिनामिना भएको तथ्य  बाहिरिएको हो। उक्त  घटना सार्वजनिक भए लगत्तै सार्वजनिक लेखा परीक्षण (अडिट) टिमले छानबिन समिति गठन गरेको थियो।

कीर्ते गरी पैसा अपचलन 
सोही क्याम्पसमा प्राध्यापन गर्दै आएकी राधादेवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। अनियमितता पहिचानपश्चात् बनेको छानबिन समितिले तयार गरेको ५ वटा  भौचरमा लेखा सहायक श्रेष्ठ र क्याम्पस प्रमुख शाहीले कीर्ते गरी शिक्षकको पारिश्रमिक र विद्यार्थीको धरौटीको रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले अनियमिततामा संलग्न क्याम्पस प्रमुख र लेखा सहायकलाई आवश्यक कारबाहीका लागि छानबिन प्रतिवेदन  त्रिवि रजिस्ट्रारको कार्यालयलाई बुझाएको थियो।

छानबिन समितिका सदस्य मधुकर थापाले नेपाल लाइभलाई भने, ‘हाम्रो छानबिन समितिले क्याम्पस प्रमुख र लेखा सहायकको मिलेमतोमा अनियमितता गरेको भेटाएको छ। ५/७ वटा भौचर उठाएको मिलेको छैन। विद्यार्थीहरूलाई फिर्ता दिनुपर्ने धरौटीको रकमको प्रक्रिया मिलेको छैन। उक्त घटनापछि क्याम्पस अडिटको टिमले समिति बनाउन सुझाएको थियो। सोही अनुसार हामीले प्रतिवेदन तयार पारेका थियौँ।’

उनले प्रतिवेदन त्रिवि रजिस्टारको कार्यालयमा बुझाइसकेको बताए। थापाले विद्यार्थीहरूलाई क्याम्पस प्रशासनले नगद पैसा दिएको भए पनि पैसा बुझ्ने विद्यार्थीको हस्ताक्षर हो कि हैन भन्ने विषयमा अन्योल रहेको बताए। तर लेखाले भने सम्बन्धित विद्यार्थीहरूले नै पैसा बुझेको दाबी गरेको छ।

शिक्षकहरूको उत्तर पुस्तिका जाँचेको पैसा हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ। जसको चेक छ उसले सही नगरेको र अर्कैले चेक बुझेको छानबिन समितिले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित