कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ ।
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।
परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको पनि बताए ।
‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्याइएको छ’, शर्माले भने ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्।
उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।
Discussion about this post