सरकारको सिफारिसमा चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।
विधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेको सितल निवास स्रोतले जनायो।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका हुन्। उनी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नाता पर्ने व्यक्ति हुन्।नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ उनी माओवादीको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् ।
Discussion about this post