घरमा प्रहरी पुग्दा पत्नीसँग भिडियो कलमा थिए पूर्वमन्त्री बालकृष्ण खाँण

227
VIEWS

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घरमा प्रहरीले बुधवार बिहानैदेखि रेकी गरिरहेको थियो । चाबहिलस्थित मैजुबहालको घरमा खाँण रहेको एकिन भएपछि प्रहरी अधिकृतहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीलाई खबर गरे । डा.केसी घटनास्थलमा पुगेपछि बालकृष्ण खाँणलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गरेको थियो । खाँण पत्नी मञ्जुसँग भिडियो कलमा कुराकानी गर्दै थिए ।

नरेन्द्र केसीलाई प्रहरीले पहिले नियन्त्रणमा लियो । नरेन्द्रलाई पक्राउ गरेपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्– ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित