Khabar Samachar

नारीहरु चुल्हो चौकोमा सीमित भएर हुँदैन, देश हाँक्नुपर्छ : रेखा थापा

206
VIEWS

राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले राप्रपाले नेपाली जनता लागि विकासको पूर्वाधारको जिम्मा लिने बताएकी छिन्।

झापाको दमकमा आयोजित बृहत आमसभालाई सम्बोधन शनिबार थापाले पार्टीले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आवश्यता पूरा गर्ने बताइन्।

उनले भनिन्, ‘हामी बोलेर हैन गरेर देखाउँछौं। जनताको आवश्यकता समस्या के छ हामीले नजिकबाट निलालेका छौं।  गम्भीर छौं।’

 

‘सुकुम्बासीहरू पनि यहाँका नागरिक हुन्, सुकुम्बासीको घरमा डोजर लगाउन पाइँदैन, यदि लगाउने हो भने उनीहरुको व्यवस्थापन गर्नुपर्यो,’ उनले थपिन्।

आफू राप्रपामा प्रवेश गरेपछि आमनेपालीमा मुहारमा खुशीको बहार देखिएको बताइन्। ‘राष्ट्रवादी पार्टीमा समाहित भएर देश विकासमा हातेमालो गर्न आग्रह गर्दछु,’ उनले भनिन्।

रेखाले नारीहरू अब कमजोर नरहेको पनि बताएकी छन्। ‘नारीहरू अब कमजोर छैनन्, चुल्हो चौकामा सीमित भएर होइन, देश हाँकेको हेर्न चाहान्छु’, उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पूरा गर्न आएका हौँ। तर यसमा सबैको हातेमालो आवश्यक छ।’

उनले आफू धेरै नेपाली दिदीबहिनीहरुको सपना साकार गर्न पनि राजनीतिमा होमिएको बताइन्।

‘मैले धेरै दिदी बहिनीहरू सपनाविहीन भएको देखेको छु, हाम्रो पार्टीले सीप र शिक्षा सुनिश्चित गर्छ, रेखा थापा भिड भेला पर्न आएको छैन’, उनले भनिन्, ‘मलाई कलाकारिताले जिउन सहज भएको छ। अब हाम्रो जिम्मा देश बनाउने हो । यो मेरो प्रतिवद्धता हो।’

उनले युवा शक्ति विदेश पलायन हुनुपर्ने वाध्यताप्रति पनि सम्बोधनका क्रममा दुखेसो पोखिन्।

‘कसलाई विदेश गएर काम गर्न रहर होला र?’, उनले भनिन्, ‘हामी देशमै रोजगारीको व्यवस्था गर्छौँ। नारीहरूमाथि हुने हिंसा रोक्छौँ।’

थापा राप्रपा महामन्त्रीमा कुन्ती शाहीसँग पराजित थिइन्। शनिबार राप्रपाले दमकमा आमसभा गरेको थियो।

स्थानीय निकायको निर्वाचन नजिकिएको समयमा राप्रपाले देशव्यापी चुनावी आमसभाहरू गरिरहेको छ।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका उच्च नेताहरूले सम्बोधन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित