Skip to main content

Khabar Samachar

Search
Close this search box.

रेशम चौधरी बर्दिया- २ बाट उम्मेदवार सिफारिस

210
VIEWS

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद  रेशम चौधरी बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको उक्त पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले जानकारी दिए।

पाँच वर्षअघिको चुनावमा रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

२०७२ भदौमा भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले उनलाई कैद सजाय सुनाएको छ।

चौधरी अहिले डिल्लीबजारस्थित कारागारमा छन्।

जेलमै हुँदा चौधरीले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए। उनको दलले गत स्थानीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ का सबै स्थानीय तहमा जित हात पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित