Khabar Samachar

Search
Close this search box.

कोशी प्रदेशका सांसदलाई ल्यापटप बाँड्ने योजना रद्द

203
VIEWS

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसहितले चर्को विरोध गरेपछि कोशी प्रदेशको प्रदेश सभाले सय वटा ल्यापटप खरिद गर्ने योजना फिर्ता लिएको छ।

सांसदहरूलाई बाँड्न भनेर टेन्डर आह्वान गरिएको ल्यापटप खरिदको टेन्डर रद्द गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुलुक आर्थिक संकटमा रहेको बेला प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेको थियो ।

सांसदहरू र नागरिक तहबाट पनि सो निर्णयको विरोध भएपछि सत्तारूढ एमालेको संसदीय दलले पनि ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो।

प्रमुख दल र सांसदहरूले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा पछि हटेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर १ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि गत साता प्रदेशसभा सचिवालयले सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

कोशीको बजेट अधिवेशन जेठ १४ गते आइतबार सुरू हुँदैछ। त्यसअघि नै प्रदेश सभाले टेन्डर रद्द गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित