Khabar Samachar

कोशी प्रदेश सरकारबाट बाहिरिने जसपाको निर्णय

205
VIEWS

जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ।

मंगलबारदेखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

‘हामी औपचारिक रूपमा केहीबेरमा निर्णय सार्वजनिक गर्नेछौं’, जसपाका एक नेताले भने, ‘निर्णय चाहिँ सरकार छाड्ने भयो।’

पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो।

जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरू गरेको छ। माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिने विश्वास जसपाको छ।

कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिटको सरकार थियो। केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए सरकार अल्पमतमा पर्नेछ।

हाल केन्द्रीय गठबन्धनमा रहेका दलहरू कांग्रेस २९ र एकीकृत समाजवादी ४ जना र त्यसमा जसपा र माओवादी थपिए बहुमत पुग्ने अवस्था छ। तर, माओवादीका १३ मध्ये १ जना सभामुख छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित