Khabar Samachar

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को उपाधि सुस्मिता बज्राचार्यलाई

34
VIEWS

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि ललितपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । काठमाडौं आयोजित २० प्रतियोगी सहभागी प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शीर्ष उपाधि जितेकी हुन् ।

प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनर अपको उपाधि अस्ली केसीले हासिल गरे । उनीहरुले क्राउन, ट्रफीसँगै काठमाडौं पोखरा कुस्माको तीन दिनको टुर र विभिन्न उपहार समेत हात पारेका छन् ।

रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसन प्रालिद्धारा आयोजित प्रतियोगिता जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको थियो । अभिनेता यसराज गराच, डा.सरोज लामिछाने, मेकअप आर्टिस्ट तथा नेपाल चलचित्र प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल, ब्युटिसिसियन तथा मोडल शिलास्मा हमाल, फेसन डिजाइनर गोमा अधिकारी धिताल र मोडल पिँकी जोशी निर्णायक रहेको प्रतियोगितामा थिए ।

कार्यक्रममा गायक अलिप खान, गायिका सरिता भारतीले गीत तथा सुनिता दहित, भावना श्रेष्ठ लगायतले नृत्य प्रस्तुत गरेका थिए । ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनीका रञ्जितले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित