Khabar Samachar

आज २९औं मदन–आश्रित स्मृति दिवस

207
VIEWS

काठमाडौं– नेकपा एमालेले मंगलबार मदन भण्डारी र जीवराज आश्रितको २९औं स्मृति दिवस मनाउँदैछ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा बिहान ८ बजे अध्यक्ष केपी शर्मा ओली तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा हुने श्रद्धाञ्जली सभामा सहभागी हुँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित