काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नुवाकोट जिल्लाको बेलकोटगढीमा एकदिने बृहतनिःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ।
अस्पतालको आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत ॐ हस्पिटल, गरिमाबिकास बैंकर यशोदादेबीभगवान सिंह के.सी. मेमोरियल ट्रष्टको संयुक्तआयोजनामा बेलकोट फाँटिपौवा स्थितजनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा संचालितशिविरमा बेलकोट गढी नगरपालिकालेसमेत सहकार्य गरेको थियो ।
पूर्ब मन्त्रीतथा नेपालीकाङ्ग्रेसका नेताअर्जुन नर्सिङ केसीले उद्घाटन गर्नुभएको शिविरमा
स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाईनिःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथानिःशुल्कऔषधीउपलब्ध गराइएको थियो ।
वेलकोटगढी वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवाउपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्यचिकित्सा, जनरल सर्जरी, स्त्रीतथाप्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्रीक्यान्सरपरिक्षण तथाफार्मेसी सेवालगायतकाविषयहरुमा २५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक सहितशिविर सञ्चालन गरेको हो ।
ॐ हस्पिटल संचालक समितिकाअध्यक्ष समेत रहनुभएकासिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्टडा. आनन्द प्रसादश्रेष्ठको नेतृत्वमाभएको स्वास्थ्य परिक्षण शिविरमावरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिनुका साथै अन्यअत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिनेब्यवस्थामिलाइएको र थपउपचारकालागि काठमाडौं स्थित ॐ हस्पिटलमा विशेष छुट समेतप्रदानगरिने व्यवस्थागरिएको छ ।
कार्यक्रमलाई सम्बोधनगर्दै पूर्व मन्त्रीतथा नेपालीकाङ्ग्रेसका बरिष्ठ नेताअर्जुन नर्सिङ के.सी.लेनुवाकोटलाई प्रथमिमतामा राखेर विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालनगरेकोमा ॐ हस्पिटल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
ॐ हस्पिटल संचालक समितिकाअध्यक्ष डा. आनन्द प्रसादश्रेष्ठले ॐ अस्पतालको स्थापना
कालदेखी नै आफुहरुले संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत देशकाविभिन्नभागमा यसकिसिमका स्वास्थ्यशिविर संचालनगर्दै आएको र आगामीदिनहरुमापनि स्वास्थ्य सेवामासहजपहुँचनभएका समुदायलक्षितनिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै जाने प्रतिवद्धताब्यक्तगर्नुभयो ।
एकदिवशियशिविरमाचर्म तथा यौन रोग, हाडजोर्नीमा, दन्तचिकित्सा सेवा, सामान्यचिकित्सा,छाती तथाफोक्सो, मुटुरोग, स्त्रीतथा प्रसुती, महिला सम्बन्धिक्यान्सर परिक्षण लगायतका
विधामा आठसयभन्दा बढी विरामीले विशेषज्ञहरु सँग परामर्श तथाउपचार सेवाप्राप्त गरेकाथिए ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. दक्षतथाअनुभविचिकित्सक, स्तरिय नर्सिङ सेवा सहित३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमाविश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसलेतिनदशक अघिदेखीनिरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्यउपचार सेवाप्रदानगर्दै आइरहेको छ ।
Discussion about this post