Khabar Samachar

वानएक्स बेट खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ

215
VIEWS

बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही महिना देखि वानएक्स बेटका अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा एक दर्जन बढीलाई पक्राउ गरिसकेको यस कार्यालयले खड्कालाई पक्राउ गर्न विगत तीन दिनदेखि पिछा गरेको थियो । कार्यालयका प्रमुख एसएसपी मनोज केसीले पत्रकार सम्मेलनमा भने,‘ वानएक्स बेटमार्फत सट्टेवाजी गर्ने र डलर संकलन गर्ने मध्ये खड्का मुख्य व्यक्तिमध्येका एक हुन्, हामी अझै अनुसन्धानमै छौँ ।’

कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूको खातामा करोडौं रकमको कारोबार भएको देखिएको छ।
उनका अनुसार खड्काको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार देखिएको छ।

श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको खातामा देखिएको एसएसपी केसीले बताए।

यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।

उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित