Khabar Samachar

क्यूएफएक्सले बालेनविरुद्ध मुद्दा हाल्ने भए पछी रेशु अर्यालले दिइन राजीनामा

224
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन्। मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन्। शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन्।

उनेले रजिनामा दिनुको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ ।रेशुले लेखेकी छन्, ‘दुर्भाग्यपूर्णरुपमा, केही ताजा कदम, निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर-परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’महानगर स्रोतअनुसार रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेकी हुन् । आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी खिलाफमा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । श्रीमान नै हलमालिक हुँदा उनलाई मेयरको निर्णयले नैतिक अप्ठेरोमा पारेको थियो ।‘मेयरज्यूले उहाँलाई आफ्नो श्रीमानलाई कन्भिन्स गर्न आग्रह गर्नुभएको हो । तर, उहाँले पदबाटै राजीनामा दिनुभयो,’ स्रोतले भन्यो ।

महानगरको कदमविरुद्ध भास्कर अदालत जाने तयारीमा छन् । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको महानगर स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित