Khabar Samachar

कोशी प्रदेशमा सभामुखको हस्ताक्षर दुरुपयोग गरेपछि अदालत जाँदै एमाले र राप्रपा

204
VIEWS

कोशीको मुख्यमन्त्री दाबी गर्दै सभामुखलाईसमेत समर्थनको हस्ताक्षर गर्न लगाउने सत्ता गठबन्धनको कदमविरूद्द एमाले र राप्रपा गठबन्धन अदालत जाने तयारीमा जुटेको छ।

यसबारे एमाले र राप्रपा गठबन्धनका नेताहरूले कानुनी परामर्श गरिरहेको बताएका छन्।

बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा २९ सिट भएको कांग्रेस, सभामुखसहित १३ सिट भएको माओवादी, ४ सिट भएको एकीकृत समाजवादी र १ जना सांसद भएको जसपा दलका नेताहरूले समर्थनमा हस्ताक्षर गरेका थिए।

समर्थनको सोही पत्रमा प्रदेश सभा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए। सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ। तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ।

राप्रपा कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनले संविधानविपरीत काम गरेको भन्दै अदालत जाने तयारी भएको जानकारी दिएका छन।

‘हामी अदालत जाने तयारीमा छौं,’ उनले भने, ‘परामर्श सुरु भएको छ।’

बिहीबार मात्रै कामचलाउ मुख्यमन्त्री हिक्मत कार्की र राप्रपा नेता सिटौलाले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सभामुखसमेतको हस्ताक्षर लिएर गठबन्धनलाई मुख्यमन्त्री नबनाउन माग गरेका थिए। तर, प्रदेश प्रमुखले भने थापाको दाबी पेश भएपछि उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

कोशी सरकारको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसले अन्तिम समयसम्म राप्रपाको साथ लिने प्रयास गरेको थियो। तर, सफल नबनेपछि गठबन्धन दल र सभामुखसमेतको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित