Skip to main content

Khabar Samachar

Search
Close this search box.

कोसी प्रदेशमा एकीकृत समाजवादीद्वारा मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार

208
VIEWS

कोसी प्रदेशमा सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ । मन्त्रिमण्डल विस्तार गर्दा सहमति कार्यान्वयन नगरिएको भन्दै एकीकृत समाजवादी असन्तुष्टि बनेको हो ।

सत्ता गठनबन्धनका तर्फबाट गएको बिहीबार नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उद्धव थापा मुख्यमन्त्री बनेका छन् । त्यति बेला गठबन्धनबीच सबै पार्टीबाट तत्काललाई एक/एक मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर, कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट मन्त्रीहरू थपि गरिएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । आइतबार माओवादीबाट दुई र कांग्रेसबाट थप एक मन्त्री नियुक्त भएका छन् ।

कोसी प्रदेशसभामा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई आइतबारको शपथग्रहण कार्यक्रममा सहभागी भएनन् । राईले भने, “एउटा सहमित भएको थियो, तर सरसल्लाह नै नगरी मन्त्रिमण्डल विस्तार गरिएको छ ।”

यस विषयमा मुख्यमन्त्रीले छलफल गर्नुपर्नेमा नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

कोसीमा आइतबार माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । कांग्रेसबाट रामकुमार खत्रीले पनि मन्त्री पदको शपथ लिएका छन् । गएको शुक्रबार कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल जवेगु मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित