Khabar Samachar

कोसी प्रदेशमा एकीकृत समाजवादीद्वारा मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार

206
VIEWS

कोसी प्रदेशमा सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ । मन्त्रिमण्डल विस्तार गर्दा सहमति कार्यान्वयन नगरिएको भन्दै एकीकृत समाजवादी असन्तुष्टि बनेको हो ।

सत्ता गठनबन्धनका तर्फबाट गएको बिहीबार नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उद्धव थापा मुख्यमन्त्री बनेका छन् । त्यति बेला गठबन्धनबीच सबै पार्टीबाट तत्काललाई एक/एक मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर, कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट मन्त्रीहरू थपि गरिएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । आइतबार माओवादीबाट दुई र कांग्रेसबाट थप एक मन्त्री नियुक्त भएका छन् ।

कोसी प्रदेशसभामा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई आइतबारको शपथग्रहण कार्यक्रममा सहभागी भएनन् । राईले भने, “एउटा सहमित भएको थियो, तर सरसल्लाह नै नगरी मन्त्रिमण्डल विस्तार गरिएको छ ।”

यस विषयमा मुख्यमन्त्रीले छलफल गर्नुपर्नेमा नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

कोसीमा आइतबार माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । कांग्रेसबाट रामकुमार खत्रीले पनि मन्त्री पदको शपथ लिएका छन् । गएको शुक्रबार कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल जवेगु मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित